बाँकेका थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

नेपालगञ्ज । बाँकेका थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीकी ३५ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा आज दिउँसो सवा २ बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
विगत केही समयदेखि उच्च रक्तचाप, मधुमेह र हाइपोथाइराइडिज्मको विरामी समेत रहेकी ती महिलालाई असोज ३ गते कोरोना पुष्टि भएको थियो । असोज २ गते नै अस्पताल भर्ना भएकी उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । नेपालगञ्जमा मात्रै १२ जनाको मृत्यु हुँदा कोहलपुरका दुई, नरैनापुर र बैजनाथका एक /एक जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्