तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षाको सुधारका लागि कानुनी व्यवस्था गरिने

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिँदै विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभएको छ ।

file photo

प्रतिनिधिसभाको आकस्मिक, शुन्य र विषय समयमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोख्रेलले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिएकाले प्राविधिक शिक्षाको सुधारका लागि नीति तथा कानुनी व्यवस्था अगाडि बढाइने बताउनुभयो । 

परम्परागत शिक्षा प्रणाली अन्तर्गत सञ्चालित गुरुकुल, मदरसा र गुम्बा लगायत वैकल्पिक शिक्षालयहरूको सबलीकरणका लागि स्थानीय तहसँग आवश्यक समन्वय गरिएको र सामाजिक सद्भाव कायम गर्न धर्मगुरु मार्फत आवश्यक पहल गरिएको बताउनुभयो ।

सांसदहरुले उठाउनुभएका विषयमा जवाफ दिँदै मन्त्री पोख्रेलले शिक्षामा गुणस्तर सुधारका लागि कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन पद्धति लागु गर्ने कार्यविधि स्वीकृत भई लागु भइसकेको, विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि आवश्यक तयारी भइरहेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐनमा आवश्यक संशोधनका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button