तपाईँ सुन्दै हुनुहुन्छः

ईडब्लूभीएल को तेस्रो संस्करण स्थगित

काठमाडौँ । नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाश बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को तेस्रो संस्करण स्थगित गरिएको छ ।

एभरेस्ट महिला भलिबल लिगले मङ्गलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

भुटानमा आयोजना हुने काभा बिच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई आज एक कार्यक्रमबीच बिदाइ गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । प्रतियोगिता भदौ १७ देखि २१ गतेसम्म भुटानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ दुई–दुई गरी कुल चार टोलीले सहभागिता जनाउनेछन् । महिला स्पर्धातर्फ सुनिता राई–भावना डाँगी तथा कोपिला राना–कमला पुनको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यस्तै, पुरुष स्पर्धातर्फ झमनसिंह दर्जी–सरण कार्की तथा राजकुमार निरौला–महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन् ।  नेपाली टोली भदौ १७ गते भुटान प्रस्थान गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button