तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुनेछ ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button