रोयल एफसीको आयोजनामा फुटसल प्रतियोगिता हुने
काठमाडौँ । रोयल एफसीको आयोजनामा यही भाद्र १२ र १३ गते सेभेन ‘ए’ साइड भेट्रान र खुला नकआउट गरि दुई छुट्टा छुट्टै फुटसल प्रतियोगिता हुने भएको छ ।
तारकेश्वर मनमैजुस्थित आफ्नै निजी फुटसल – ‘जी फोर फुटसल’मा आयोजना हुने इभेन्टअन्तर्गत खुला नकआउट प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ ।
यो विधाको दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ । टोलीमा कूल १० जना खेलाडी राख्न पाउने नियम राखिएको छ । यसैगरी, भेट्रानतर्फको विजेताले ट्रफी, मेडल र सर्टिफिकेटसँगै एक लाख १ हजार रुपैयाँ जित्नेछ । त्यस्तै, उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यो विधाको दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ । खुला नकआउट जस्तै यसमा पनि कूल १० खेलाडी राख्न पाउने नियम छ ।








प्रतिक्रिया राख्नुहोस्