अनलाइन सट्टाबाजीको आरोपमा पक्राउ मेचे जेल चलान, गिरी धरौटीमा रिहा
भद्रपुर, झापा । तीन महिनाअघि अनलाइन सट्टाबाजीको आरोपमा झापाको बिर्तामोडबाट पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे पुर्पक्षका लागि जेल चलान भएका छन्। मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी भने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दर्ता भएको थियो। गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफेबाट र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।







प्रतिक्रिया राख्नुहोस्