तपाईँ सुन्दै हुनुहुन्छः

घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम

काठमाडौँ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारणा, फोटोमा माल्यार्पण र दिप प्रज्वलित कार्यक्रम सम्पन्न गरेको छ । ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न २० औँ स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथिमा दिपन्द्र श्रेष्ठ, काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष आरसी विमल, विज्ञान अर्याल, सन्तोष चौलागाईं, सविना न्यौपाने, ज्योति गिरी, नवराज पाठक लगायतको उपस्थिति रहेको थियो ।

जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौँको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चनजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू(संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल लगायतको निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button