तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखको मैनीखोलामा फोर्स गाडी दुर्घटना: ६ जना घाइते

दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनीखोलामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सु.प्र. ०१-००१ ख ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत मैनीखोलामा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार दुर्घटनाग्रस्त गाडीमा चालकसहित ७ जना यात्रु सवार थिए।

गाडी कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल मैनीखोलामा खसेको गुराँस गाउँपालिका–१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिनुभयो।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा र तल्लोडुंगेश्वर प्रहरी चौकीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको छ।

घटनाबारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकको टोली घटनास्थलतर्फ गएको छ। दुर्घटनाको कारण र घाइतेहरूको पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button