‘नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारले गरेको प्रयास सफल भएन’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले आफू स्टन्टबाजी गर्न नभई जनताको सेवा गर्न आएको बताउनुभयो । गृहमन्त्री सुधन गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो ।
तीन तहका सरकारमध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो ।
गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानविन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका र तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो ।
गृहमन्त्री गुरुङले पुरानो कानुनी व्यवस्थाका कारण जेन्जी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पुरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न आग्रह गर्नुभयो ।
गृहमन्त्री गुरुङ समय लिएर संसद्को रोस्ट्रममा पुगेपछि सुरुमा केहीबेर भावुक भई नबोलीकन रोष्ट्रमबाट फर्किनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्