तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ माथि दफावार छलफल गर्न बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ । 

राष्ट्रियसभाबाट पारित भई प्रतिवेदनसहित आएको विधेयकको दफा ७ मा प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरुले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाइ समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने सक्ने व्यवस्था राख्न सांसदहरुले संशोधन प्रस्ताव पेश गर्नुभयो । 

त्यसैगरी सञ्चालक समितिमा आमन्त्रित विज्ञ सदस्यको मत निर्णायक हुन नहुने, बैठकका निर्णयहरू सबै सदस्यले नभइ अध्यक्षले मात्रै प्रमाणीकरण गर्नुपर्ने भन्दै सांसदहरुले बैठकको सूचना र एजेण्डा कम्तीमा तीन दिन अघि सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई जानकारी दिनुपर्ने व्यवस्था विधेयकमा  समावेश गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button