राष्ट्रिय स्वतन्त्र पार्टी मुगुको जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार विर्ख बहादुर मल्ल सर्वाधिक मत प्राप्त गर्दै जिल्ला सभापतिमा निर्वाचित हुनुभएकाे छ।
निर्वाचन परिणामअनुसार राजेन्द्र शाही उपसभापति, राम विक सचिव तथा जयधर्म जैसी, गोर्ख बहादुर कुमाई र लालचन्द्र रोकाया सदस्य पदमा निर्वाचित हुनुभएकाे छ।
सभापति पदमा विर्ख बहादुर मल्लले ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वीले ६ मत प्राप्त गर्नुभएकाे थियाे। उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी हुनुभएकाे छ भने सचिव पदमा राम विकले २५ मत प्राप्त गरी सफलता हासिल गरेका छन्।
त्यसैगरी सदस्य पदका उम्मेदवारहरूमध्ये जयधर्म जैसीले ३९, गोर्ख बहादुर कुमाईले ३० र लालचन्द्र रोकायाले ३० मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे छ ।
जिल्ला निर्वाचन समितिका संयोजक युक्तिल कुमार शाहीद्वारा जारी गरिएको निर्वाचन परिणामअनुसार मतदान तथा मतगणना सम्पन्न भएपछि नयाँ नेतृत्वको औपचारिक घोषणा गरिएको हो।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच दुई दिनसम्म सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा जिल्लामा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।








प्रतिक्रिया राख्नुहोस्