तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ I स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०५ कायम भएको छ ।

गत शुक्रवार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु चार हजार ४५० मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button