तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र विधेयक २०८२ प्रतिनिधि सभाबाट स्वीकृत 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समयसापेक्ष बनाएर अगाडी बढ्न सकिने बताउनुभयो ।

उहाँले यस अघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताउनुभयो ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परिरहेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा मन्त्री डा. जोड दिनुभयो ।

सांसदहरुले समावेशी फिल्म निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।

बैठकमा सभामुख अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुले संघीय संसद् सचिवालयको विधेयक शाखामा गएर संशोधन राख्न सक्ने जानकारी गराउनुभयो ।

बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ शुक्रवार अपराह्न ५ः ३० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button