आर्थिक वर्ष २०८२/०८३ काे आर्थिक सर्वेक्षण संसद्मा पेश
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण संसद्मा पेश गरेको छ ।
संघीय संसद्को प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजश्व ३.२ प्रतिशतले बढेको बताउनुभयो ।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
अर्थमन्त्री डा.वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्व ३.२ प्रतिशतले बढेको जानकारी गराउनुभयो । उहाँले संघीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो ।
यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ ।
फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रहेको, व्यापार घाटा ११. २ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब र विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्व ५० अर्ब पुगेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्