एमाले सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको सचिवालयको आठौँ बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी बैठकमा सचिवालय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल र खगराज अधिकारीले आफ्नो धारणा राख्न बाँकी रहेको जनाइएको छ ।
१९ सदस्यीय एमाले सचिवालयको बैठकले अध्यक्ष ओलीले प्रस्ताव गरेको कार्य विभाजनलाई संशोधनसहित अन्तिम रूप दिने तयारी गरेको छ । साथै बैठकमा निर्वाचन समीक्षा, संविधान संशोधनका लागि कार्यदल गठन तथा केन्द्रीय कमिटी बैठक आह्वान गर्ने विषयमा पनि छलफल भइरहेको नेताहरूले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्