तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सुकुमबासी समस्या स्थायी समाधान गर्छ : मन्त्री लम्साल

रूपन्देही । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले दसैँसम्म सबै सुकुमबासीले जग्गाधनी पुर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र रूपन्देही–१ का मतदातासँग कुराकानी गर्नुहुँदै मन्त्री लम्सालले सरकारले सुकुमबासी समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको बताउनुभयो । उहाँले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुकुमबासी समस्या समाधानका लागि पाँच वटा कार्ययोजना बनाएर समयसीमाअनुसार काम अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री लम्सालले काठमाडौँको सुकुमबासी समस्या र अन्य क्षेत्रको अवस्था फरक रहेको उल्लेख गर्दै वर्षायामअघि नै प्रभावित नागरिकलाई विकल्प दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सरकार कामको नतिजामुखी ढंगले अघि बढिरहेको भन्दै कसैको उक्साहटमा आन्दोलनमा नजान आग्रह गर्नुभयो ।

उहाँले दसैँसम्म सबै योग्य सुकुमबासीलाई पुर्जा वितरण गर्ने लक्ष्यका साथ सरकार तीव्र रूपमा काम गरिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button