तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको शिष्टाचार भेट 

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । 

त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button