महोत्तरीमा आगलागीबाट घर पूर्ण रूपमा नष्ट
महोत्तरी । महोत्तरीको मनराशिस्वा नगरपालिका–६ भोल्हीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बुधबार साँझ स्थानीय जमिर नदाफको घरमा आगलागी हुँदा घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता सैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका लत्ताकपडा, खाद्यान्नलगायतका सामग्री नष्ट भएको पीडित जमिर नदाफले बताएका छन् ।
आगो कसरी लागेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।
घटनाले परिवारलाई ठूलो क्षति पुर्याएको र तत्काल राहत आवश्यक रहेको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्