तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यायोजित विधायन समितिको बैठक: राष्ट्रिय महत्वका अभिलेखहरूको सुरक्षा अवस्थाबारे जाँच आवश्यक

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय सम्झौता र राष्ट्रिय महत्वका अभिलेखहरूको सुरक्षा अवस्थाबारे जाँच आवश्यक रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले जेनजी आन्दोलनको क्षतिका कारण अन्तर्राष्ट्रिय सम्झौता र राष्ट्रिय महत्वका अभिलेखहरूको वर्तमान अवस्था र सुरक्षा बारे जाँच आवश्यक रहेको बताउनुभएको छ ।

सांसदहरुले हरेक प्रदेशका महत्वपूर्ण बन्दरगाह, किल्ला, धार्मिकस्थल तथा मठ–मन्दिरजस्ता ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र अवस्थाबारे अध्ययन अनुगमन आवश्यक रहेको पनि बताउनुभयो ।

बैठकमा सांसदहरुले विज्ञको सुझावअनुसार जनहितमा आधारित नीति निर्माण गरी सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले सरकारको सम्पूर्ण कामकारबाही र जबाफदेहिता समितिको कार्य क्षेत्रभित्र पर्ने भएकाले समितिको नेतृत्वमा उपसमिति गठन गरी कार्ययोजना कार्यान्वयनमा सहजता पुराउन सुझाव दिनुभयो ।

समितिका सभापति पूजा चौधरीले समितिको कार्यक्षेत्र अन्तर्गतका विषयहरू समेटी तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने आवश्यक कामको कार्ययोजना तयार गरी अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button