धनकुटामा निर्वाचन सुरक्षा प्रहरीलाई उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम

धनकुटा । निर्वाचन प्रहरीलाई रोजगारसँग जोड्ने उद्देश्यले धनकुटामा निर्वाचन प्रहरीको लागि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचनमा खटिएका खटिएका ९ सय ८९ जनपथ तर्फका र ९६ जना सशस्त्र तर्फका निर्वाचन प्रहरीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय लगायतका विभिन्न कार्यालयका प्रतिनिधिले आफ्नो कार्यालयले गरिरहेका काम तथा अब गर्न सकिने कामको बारेमा सहजीकरण गराउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताउनुभयो ।
उहाँका अनुसार उत्तर पानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल प्रहरीको चाहना अनुसार तालिम सञ्चालन गर्न कार्यक्रमको आयोजना गरिएको हो । तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइएको छ । बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी समेत गरिएको उहाँको भनाई छ ।
उनीहरूलाई होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइजस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक कामको लागि समेत माग भए तालिम दिने घरेलु कार्यालय धनकुटाका प्रतिनिधि विकास कार्कीले जानकारी दिनुभयो । त्यस्तै कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन सुरक्षा प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्