सहमतिपछि एन्फा मुख्यालयको तालाबन्दी खुल्यो
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी सङ्घबिच सहमति भएपछि सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी खुलेको छ ।
सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्नेसहित ३ बुँदे मागसहित खेलाडी सङ्घले आइतबार तालाबन्दी गरेको थियो ।

एन्फा महासचिव किरण राईको उपस्थितिमा नेपाल फुटबल खेलाडी सङ्घसँग भएको छलफलपछि ए डिभिजन लिग चैत ३० गतेबाट सुरु गर्ने सहमति बनेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । खेलाडीको सेवा सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ ।







प्रतिक्रिया राख्नुहोस्