अछाम-२ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी विजयी

अछाम । अछाम क्षेत्र नं.२ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी विजयी हुनुभएको छ ।
अछाम क्षेत्र नं. २ मा कुल खसेको ३२ हजार ४ सय ०८ मध्ये नेकपा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५ सय १८ प्राप्त गरि विजयी हुनुभयो ।
यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहलाई ४७२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
बोगटी यसै निर्वाचन क्षेत्र ट २०७४ को निर्वाचनमा शाहलाई पराजित गरी सङ्घीय सांसदमा निर्वाचित हुनुभएको थियो भने २०७९ को निर्वाचनमा बोगटीलाई शाहले पराजित गरि सङ्घीय सांसदमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह शाहले ४ हजार ५ सय ६२ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा माओवादीका उम्मेदवार शेर बहादुर विश्वकर्माले ५ सय ५८ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्