विवादका कारण स्थगित भएको मतदान केन्द्रमा मतदान सुरु
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका ७ स्थित मतदान केन्द्रमा मतदान सुचारु भएको छ । राजनीति दलका कार्यकर्ताहरू बिच दोहोरो झडप भएपछि बर्दिबासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित भएको थियो । झडपमा वडा अध्यक्ष सहित चार जना घाइते भएका छन् । एक जना व्यक्तिले प्रतिनिधिको रुपमा पटक पटक मतदान गर्न खोजेको आरोपमा झगडा सुरु भएपछि दुई घण्टा स्थगित भएको थियो ।

झडप गर्ने दुवै पक्षबिच सहमति जुटेपछि मतदान प्रक्रिया सुचारु गरिएको मतदान अधिकृत रामचन्द्र यादवले जानकारी दिनुभयो । अहिलेसम्म महोत्तरीमा १ लाख ५० हजार ४ सय ६१ मत खसेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्