तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा काँग्रेसका खाती र एमालेका भण्डारी निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसका खम्म बहादुर खाती र नेकपा एमालेका लिला कुमारी भण्डारी निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खाती (अन्य) र भण्डारी (महिला) तर्फ निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचित खातीले ३९६९ मतभार र भण्डारीले ३९८४ मतभार प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

राष्ट्रिय सभा सदस्य पदमा पराजित नेपाली कम्युनिष्ट पार्टीका टिकाराम जैशीले अन्य १८०५ मतभार र १६७६ रोजी बस्नेत सुनारले महिलातर्फ मतभार प्राप्त गर्नुभयो । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबिच चुनावी गठबन्धन भएको थियो । आजको निर्वाचनमा ४९ जना प्रदेश सभा सदस्य र १७१ जना स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button