तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा सीप तथा रोजगार मेला सुरु

'राेजगारीकाे सृजना सरकारकाे प्राथमिकता'

धनगढी। कैलालीको धनगढीमा आजदेखी सीप तथा रोजगार मेला सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मेलाको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा मन्त्री भण्डारीले स्वदेशमै रोजगारीको सृजना गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले युवा जनशक्तिलाई सीप सिकाएर रोजगारीमा जोड्नका लागी मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले स्थानीय तहमा हुने यस्ता सीप तथा रोजगार मेलाले रोजगारी प्रवर्धनमा ठुलो सहयोग पुर्‍याउने बताउनुभयो ।

यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले युवापिढीलाई सीप विकास मार्फत रोजगारी तथा उद्यमशीलतासँग जोड्दै युवायुवतीलाई सिपमूलक र आत्मनिर्भर बनाउने उद्देश्य मेलाको रहेको बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाको आयोजना माघ ५ गते सुरु भएको सीप तथा रोजगार मेला ४० दिन सम्म चल्ने छ । मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाबाट गरी ६ सय जनाको सहभागिता रहेको छ । 

मेलामा रोजगारीका मुख्य ७ वटा क्षेत्रका झन्डै दुई दर्जन प्रकारका सिपमूलक तालिम सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button