तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल बागलुङमा

ढोरपाटन (बागलुङ)। राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आउनुभएको छ ।

बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुग्नुभएको हो । 

राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button