तपाईँ सुन्दै हुनुहुन्छः

पुस्तकालय नीति र ऐनबारे संसदीय समितिमा छलफल

काठमाडौँ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सांसदहरूले नेपालको इतिहास र संस्कृतिसँग सम्बन्धित सबै ज्ञान सामग्री अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण तथा कानुनी संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले शिक्षालाई सुसंस्कृत राष्ट्रिय निर्माणको आधारका रूपमा उल्लेख गर्नुहुँदै विज्ञहरुसँग परामर्श गरी राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐन अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

सांसदहरूले पुस्तकालयको आधुनिकीकरणका लागि प्रभावकारी बजेट र दक्ष जनशक्ति विकास गर्नुपर्ने बताउनुभयो ।

नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले अनलाइन प्रकाशनमा खुला पहुँच कायम राख्दै साइबर सुरक्षा र डाटा संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष सुवेदीले सीमान्तकृत वर्गका लागि पुस्तकालयकमा विशेष सुविधा, पुस्तकालयकर्मीलाई तालिम, ज्ञानको स्रोतलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने लगायतका विषयहरू ऐनमा समेट्नुपर्नेमा जोड दिनुभयो । 

सरोकारवालाहरूले पुस्तकालय ऐनमै पुस्तकालयको डिजिटल प्रक्रिया तीव्र बनाउने व्यवस्था, विभिन्न प्रकारका पुस्तकालयहरूको प्रवद्र्धन र ज्ञानमा आधारित समाज विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button