तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध मेची राजमार्ग सञ्चालनमा

ताप्लेजुङ । सुक्खा पहिरोले अवरुद्ध मेची राजमार्गअन्तर्गत फुङलिङ—काबेली सडक खण्डको अवरोध हटेसँगै यातायात सञ्चालनमा आएको छ । 

जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १ नाङखोल्याङ क्षेत्रको भाँडी क्षेत्र अन्तरगत मेची राजमार्गको माथीबाट कुलोको पानीले ओसिएर ढुङ्गा माटोसहितको पहिरोले बिहानदेखि अवरुद्ध बनेको राजमार्ग दिउँसोदेखि सञ्चालनमा आएको हो ।

राजमार्ग पाथीभरा याङवरक गाउँपालिका, सडक डिभिजन कार्यालयसहितका निकायसँग आवश्यक समन्वयमा पहिरो हटाएको सडक डिभिजन कार्यालयले जनाएको छ ।  

हेल्लोकमा घर जल्दा नौ लाख बराबरको क्षति

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नं ५ हेल्लोकमा आगलागी हुँदा करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार बुधवार साँझ हेल्लोकका दर्शन लिम्बूको घरमा आगलागी हुँदा ९ लाख मूल्य बराबरको क्षति भएको हो ।  

ढुङ्गा, माटो र काठले बनेको तीन तले घर, घरभित्र रहेका अन्नपात, भाँडा वर्तन, महत्त्वपूर्ण कागजात, लत्ताकपडासहितका सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।  

घरमा ठुलो मान्छे नभएको समयमा साना बालबच्चाले आगो ताप्नका लागि बालिएको आगो नियन्त्रण बाहिर गई आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । आगलागी पीडित परिवार छिमेकीकोमा घरमा बसिरहेको फत्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button