प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध पुनर्स्थापनाको माग गर्दे आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट दायर गरिएको जानकारी दिनुभयो ।
जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्