हुलाकी राजमार्ग निर्माणको मागमा आन्दोलन सुरु
सर्लाही । लामो समयदेखि निर्माण कार्य अधुरो रहँदै आएको सर्लाहीको हुलाकी राजमार्ग निर्माणको माग गर्दै युवाहरू सडकमा उत्रिएका छन् । मलंगवा नगर संरक्षण तथा सुधार समितिको अगुवाइमा आज बिहान ७ बजेदेखि मलंगवा नगरपालिका–८ स्थित राजश्री चौकमा अनिश्चितकालीन बाटो बन्द गरि विरोध सुरु गरिएको हो ।
समितिका अनुसार ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि ठेकेदार कम्पनीले लापरबाहीपूर्ण व्यवहार गर्दै राजमार्ग निर्माणमा कुनै प्रगति नदेखाएपछि आन्दोलनको मार्ग रोजिएको हो । पटक–पटक जिल्ला प्रशासन कार्यालयको रोहवरमा जनप्रतिनिधि, स्थानीय निकाय र ठेकेदार कम्पनीबीच छलफल भए पनि ठेकेदारले काम अघि नबढाएपछि नागरिकहरू बाध्य भएर आन्दोलनमा उत्रिएको समितिको भनाइ छ ।
स्थानीयहरूका अनुसार अधुरो राजमार्गका कारण यातायातमा समस्या, धुलो–धुवाँको असर, र व्यापारिक गतिविधिमा मन्दी जस्ता समस्या वर्षौंदेखि झेल्दै आएका छन् । उनीहरूले तत्काल निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई दबाब दिँदै आन्दोलन निरन्तर चल्ने चेतावनी दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्