तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पियनसिप : ३१ पदकसहित सगरमाथाको अग्रता

नेपालगञ्ज । दोस्रो नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ मा ललितपुरको सगरमाथा स्विमिङ क्लबले १९ स्वर्णसहित अग्रता लिएको छ । प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार पहिलो दिन भएका २६ इभेन्ट मध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा कांस्यसहित ३१ पदक जितेर अग्रता लिएको छ । ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ कांस्य गरी १७ पदक जितेर दोस्रो अग्रता लिएको छ ।

नेपालगञ्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र १ कांस्य पदक गरी ६ पदक, ललितपुरकै लिटिल एञ्जल्स स्कुलले १ स्वर्ण, २ रजत र ३ कांस्य गरी ६ पदक, बाँके कोहलपुरको शिखा एकेडेमीले एउटा स्वर्ण नजिते पनि ३ रजत र ५ कांस्यसहित ८ वटा पदक जितेको छ ।

नेपालगन्जकै स्प्रिङडेल स्कुल र काठमाडौँको युनिग्लोब स्कुलले समान दुई दुई कांस्य पदक जितेका छन् । नेपालगञ्ज स्विमिङ क्लब बाँके, काठमाडौँको राई स्कुल र कोशी प्रदेशले पनि समान एक एक कांस्य पदक जितेका छन् । आज थप ३२ वटा पौडी इभेन्ट बाँकी नै रहेकाले बढी स्कोर ल्याउने टिमले प्रतियोगिताको उपाधि हात पार्नेछ । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा प्रतियोगिता गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button