घाइते पर्यटकको हेलिकप्टरबाट उद्धार
गोरखा । बाटोमा हिँडिरहेको अवस्थामा बाटो माथिबाट ढुङ्गा खसेर लाग्दा घाइते भएका काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष अं. ४४ का मिनु ईन्द्र लम्साललाई आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घाइते लम्साललाई काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चुमनुब्री गाउँपालिका वडा नम्बर ५ विहीको बुर गाउँ माथिबाट खसेको ढुङ्गा लाग्दा लम्साल गम्भीर घाइते भएका थिए । आज २ः २० बजे दिउँसो लम्सालको उद्धार भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्