तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन

काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेको छ । 

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सूचना तथा सञ्चार मन्त्री जगदिश खरेलले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ मा हेरफेर गर्ने निर्णय भएको बताउनुभयो ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री खरेलले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै मन्त्री खरेलले नेपाल र मौरशिसबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त गर्ने, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button