काभा भलिबल : नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा सोमबार श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजय बेहोरेको छ ।
चौथो हारसँगै पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौँ स्थानमा रह्यो । अब नेपालले पाँचौँ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग मङ्गलवार प्रतिस्पर्धा गर्नेछ ।
ढाकास्थित इन्डोर हलमा नेपालले खेल १८–२५, १७–२५, २०–२५ ले गुमायो । यसअघि तुर्किमिनिस्तान र अफगानिस्तानसँग समान ३–० तथा बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको नेपालले लाई ३–० को सेटमा हराएको थियो ।








प्रतिक्रिया राख्नुहोस्