तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा नागरिक सञ्जालमा नयाँ नेतृत्व

काठमाडौँ ।  सामाजिक सुरक्षा नागरिक सञ्जालको तेस्रो अधिवेशनबाट महिला आत्मनिर्भरता केन्द्र, सिन्धुपाल्चोककी डोल्मा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

सामाजिक सुरक्षाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको सो सञ्जालको उपाध्यक्षमा गोपाल थापा मगर, महासचिवमा कुन्दा शर्मा, सचिवमा चरिमाया तामाङ र कोषाध्यक्षमा प्रमोदकुमार आचार्य निर्वाचित गरेको छ ।

सञ्जालका निवर्तमान अध्यक्ष तिलोत्तम पौडेलले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुभयो । सञ्जालले सामाजिक सुरक्षा एवं बालबालिकासम्बन्धी गुनासो सुनुवाइका लागि हटलाइन सेवा पनि सञ्चालन गर्दै आएको छ ।

सञ्जालले समाजका सबैभन्दा जोखिममा परेका बालबालिका (बाल अनुदान, बाल अधिकार), वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरू, बेचबिखनबाट बचेकाहरू, एकल महिला, दलित र भूमिहीनहरूको अधिकारको वकालत गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button