तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसद् पुनर्स्थापनातर्फ लाग्छ : अध्यक्ष  ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनातर्फ लाग्ने बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी भक्तपुरले आज भक्तपुरको गुण्डुमा आयोजना गरिएको भेटघाट कार्यक्रममा  बोल्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताउनुभयो ।

चुनाव गराउने नियत सरकारको छैन भन्दै उहाँले एमालेसँगै कांग्रेस पनि प्रतिनिधिसभा पुनःस्थापनाको बाटोमा उभिने विश्वास ब्यक्त गर्नुभयो ।

लोकतान्त्रिक बाटोमा देशलाई फर्काउन तत्काल संसद् पुनर्स्थापना गर्ने मागलाई राखेर अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन भन्दै उहाँले एमाले यही बाटोमा अघि बढ्ने बताउनुभयो  । 

अन्य पार्टीको पनि यो भन्दा अर्को बाटो नरहेको बताउँदै ओलीले  देशलाई लोकतान्त्रिक बाटोमा नफर्काउँदा असंवैधानिक बाटोलाई मान्यता दिएको ठहर्ने उल्लेख गर्नुभयो ।

संसद् विघटन असंवैधानिक, गलत , गैरकानूनी र देश हितका विरुद्ध रहेको बताउँदै संसद् पुनःस्थापनाका लागि फागुन २१ गते पर्खिँदा पछुतो मात्रै हुने उहाँले दाबी गर्नुभयो  ।

कतिपयले फागुन २१ गते चुनाव भएन भने मात्रै संसद् पुनःस्थापनाको माग गरौँला भनिरहेका छन् तर यसका लागि किन पर्खनुपर्‍यो फागुन २१ गते ,उहाँले भन्नुभयो ।

चुनाव गर्ने नियत नभएकाले दलसँग संवाद नगर्ने र उल्टै प्रतिशोध साँध्नेतर्फ सरकार उत्रिएको बताउँदै लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएर संविधानलाई ट्र्याकमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button