तपाईँ सुन्दै हुनुहुन्छः

‘जागिरसँगै स्याउ खेती’

मुगु। मुगुका कृष्ण बहादुर सेजुवालले जागिरसँगै स्याउ खेती गरेर उदाहरणीय सफलता हासिल गर्नुभएको छ।

पेसाले लेखापाल रहनुभएका छायाँनाथरारा–१० घट्टललेक निवासी सेजुवालले यस वर्ष मात्र स्याउ बिक्रीबाट आफूले करिब ११ लाख रुपैयाँ  आम्दानी गरेको बताउनुभयो।

गाउँदेखि करिब आधा घण्टा पैदल दुरीमा पर्ने चौंठ्याधारा् क्षेत्रमा उहाँले करिब ३३ हजार वर्ग मिटर जमिनमा स्याउ खेती गर्नुभएको छ। हराभरा बगैँचाले अहिले त्यहाँको रूप नै बदलिएको छ। सुरुमा कठिनाइ भए पनि दिदी, भिना र श्रीमतीको साथमा गरिएको लगानी र मेहनत अहिले प्रतिफल दिन थालेको हो।

सेजुवालले भन्नुभयो, “जागिरसँगै कृषि अँगाल्दा आर्थिक रूपमा सबल हुन सकिन्छ भन्ने प्रमाण प्रस्तुत गरेको छु। हाम्रो गाउँकै जमिनमा उन्नत जातका स्याउ उत्पादन गरेर राम्रो आम्दानी सम्भव  हुने र लगनशीलता र  मेहनत गरे बेरोजगार भई बस्नुपर्ने अवस्था रहँदैन। “

   गाउँदेखि बजारसम्म स्याउ ढुवानीमा चुनौती
सेजुवाललका अनुसार उत्पादन भएका स्याउ गाउँघरका बगैँचा बाट सदरमुकाम गमगढी  बजारसम्म पुर्‍याउनु सजिलो छैन। गमगढीसम्म  मात्रै स्याउ लैजान बाटो सहज  छैन  सामान्य  ट्र्याक  केही वर्ष  अघि सामान्य मोटर बाटो खोलिए पनि    सहजै गाडी जान मुस्किल छ  उहाँको भनाई छ ।”सेजुवालका  अनुसार “आफ्नै खर्चमा  सडक  मर्मत गरी ३२ ट्र्याक्टर  जति स्याउ  गाउँ बाट  मुस्किलले गमगढी बजार सम्म पुर्‍याएको  सुनाउनु हुन्छ ।

“उहाँको आफ्ना परिवारका सदस्य र  अन्य सानातिना स्याउ कृषकहरूले पिठ्युँमा स्याउका  भारी बोकेर तीन घण्टा पैदल हिँडेर बजारमा ल्याउनुपर्ने किसानहरूको पीडा गम्भीर छ। सडक र यातायात व्यवस्थित भए कृषकलाई निकै सहज हुने थियो,” सेजुवाल भन्नूहुन्छ । 

गाउँ देखि सधैँ सदरमुकाम गमगढी  आउन जान  गरी  दिनमा करिब ५ घण्टा    हिँड्नु पर्छ   ।   सडक सुविधा नहुँदा धेरै किसानको स्याउ गाउँमै कुहिने वा पशुलाई खुवाउनुपर्ने अवस्था आएको छ। यसले साना व्यापारीसम्म असर पर्न थालेको छ।

स्याउका जात र मूल्य
सेजुवालको बगैँचामा रेड डेलिसियस, गोल्ड डेलिसियस, पञ्चमुखी, भाले र जनार्दन जातका स्याउ उत्पादन हुन्छन्। गुणस्तरकै कारण गमगढीदेखि नेपालगन्ज र काठमाडौँसम्म माग बढिरहेको छ। गाउँमै प्रतिकेजी ४० रुपैयाँमा बिक्री स्याउ गमगढी वा बाहिरका बजारमा ८०–९० रुपैयाँमा बिक्री हुने गरेको छ। व्यापारीहरू सिधै केही  घरमै पुगेर खरिद गर्ने  गरेका छन्  भने  जिल्ला बाहिर समेत  आफ्नो स्याउको  माग व्यापक  भएकोले बजारको अभाव नभएको उहाँको भनाइ छ।

स्थानीयमा प्रेरणा
उहाँको सफलताले गाउँका अरू कृषकलाई पनि स्याउ खेतीतर्फ आकर्षित गरेको छ। रोजगारीको खोजीमा बाहिरिने युवालाई गाउँमै बसेर उद्यम गर्न प्रेरणा मिलेको स्थानीय वासीहरूको भनाइ छ।

स्थानीयहरूले भने, “सेजुवालको बगैँचा देखेर अन्य किसान पनि उत्साहित भएका छन्।”

सम्भावना र चुनौती
मुगुमा स्याउ खेतीको ठुलो सम्भावना भए पनि प्राविधिक सहयोग, सिँचाइ तथा सडकजस्ता चुनौती अझै छन्। तर, सेजुवालजस्ता उद्यमीको पहलले यी कठिनाइ अवसरमा बदल्न सकिने विश्वास किसान र कृषि विज्ञहरूले व्यक्त गरेका छन्।

भविष्यप्रति आशा
सेजुवालले २०५३ सालमा ४५ वटा बिरुवाबाट खेती सुरु गर्नुभएको थियो। २०५८ सालमा कर्णाली विशेष कार्यक्रममार्फत २५० वटा बिरुवा थप रोप्नुभएको र अहिले उहाँको बगैँचामा ६ सयभन्दा बढी स्याउका रुख रहेका छन्। आगामी वर्ष थप जमिनमा खेती विस्तार गर्ने र आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउने योजना उहाँको छ।

उहाँले भन्नुभयो, “गाउँकै जमिनले दिएको उपजलाई सदुपयोग गर्न सके समृद्धि गाउँमै सम्भव छ। मेरो प्रयासले अरूलाई कृषिमा लाग्ने प्रेरणा मिलोस् भन्ने चाहना छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button