तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा कारागारबाट फरारमध्ये ४५ कैदीबन्दी फर्काइयो, २८ अझै फरार

डडेल्धुरा । जेनजी आन्दोलन भन्दै बुधवार बिहान डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ मध्ये ४५ कैदीबन्दीहरु कारागार फर्काइएको छ ।

जिल्ला कारागार डडेलधुराका जेलर सन्तोष भट्टका अनुसार बुधवार र बिहीबार गरी ४५ जना कैदीबन्दीहरुलाई सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट नियन्त्रण लिई कारागार फर्काएको हो ।

फरार रहेका ४० जना मध्ये १२ जना कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र तथा भागेश्वरको शिराड क्षेत्रबाट सुरक्षाकर्मीहरूले पक्राउ गरी कारागार ल्याउन लागिएकोमा अझै २८ जना कैदीबन्दीहरु फरार रहेका प्रमुख भट्टले बताउनुभयो ।

भागेका अन्य कैदीबन्दीहरुलाई सम्पर्क आउन भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी समेत गरेको छ । फरार कैदीबन्दीहरुलाई सम्पर्कमा नआए कानुन बमोजिम कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।

कारागारमा हालसम्म १ सय २७ कैदीबन्दीहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button