तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

बाँके। भेरी अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढ्दै गएपछि अस्पतालमा चाप बढेको छ। बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्।

डाक्टर निराजन सुबेदीका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने र झाडापखालाका लक्षण भएका बिरामी दैनिक १५०–२००सम्म अस्पतालमा उपचारका लागि आउने गरेका छन्। बिरामीको बढ्दो चापका कारण इमरजेन्सीमा स्वास्थ्यकर्मीको अभाव देखिएको छ।

नरैनापुरकी शिला बर्माले आफ्नो १० वर्षिया छोरीलाई उपचारका लागि अस्पताल लगाएकी थिइन्, तर स्वास्थ्यकर्मीले तत्काल चेकजाँच नगरेको गुनासो गरिन्।

भेरी अस्पताल पश्चिम नेपालको रिफरल सेन्टर भए पनि सामान्य अवस्थामा बिरामीको सहज उपचारमा समस्या देखिनु चिन्ताको विषय बनेको छ। लाइफलाइन अस्पतालका डा. पारस श्रेष्ठ र कान्ति अरोग्य अस्पतालकी डा. रोमा बोहराले पनि भाइरल संक्रमण बढेको र उच्च ज्वरो, रुघाखोकी, मांसपेशी तथा जोर्नी दुख्ने लक्षण देखापरेको जनाउँदै सचेत रहन आग्रह गर्नुभयो।

अस्पतालले उपचार सहज बनाउन आकस्मिकमा जनशक्ति थपेर काम सुरु गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button