तपाईँ सुन्दै हुनुहुन्छः

‘फरक क्षमता भएकाहरूलाई अवसर दिन तीनै तहका सरकारले काम गर्न जरुरी’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पछिल्लो समयमा जलवायुमा आएको परिवर्तनले फरक क्षता भएका व्यक्तिहरू बढी मात्रामा प्रभावित हुन थालेको बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले लाईफ नेपालको योजना तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग एवं सिविएम ग्लोबल संस्थाको समन्वयमा सम्पन्न भएको “अपाङ्गता जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन २०८२, अवस्था, चुनौती र समाधान तर्फको पहल” विषयक कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री सिंहले फरक क्षमता भएका व्यक्तिको शिक्षा तथा रोजगारीका लागि सीपमूलक प्रशिक्षण दिनका लागि प्रदेशमा नै सुविधा सम्पन्न नमूना विद्यालय तथा तालिम केन्द्र सञ्चालन हुन जरुरी रहेको बताउँदै यसमा स्थानीय र प्रदेश सरकार मिलेर त्यस्ता संस्थामा लगानी गर्न जरुरी रहेको बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले फरक क्षमता भएको व्यक्तिको वर्गीकरण सहितका कार्य उपमहानगरपालिकाबाट हुने गरेको बताउँदै फरक क्षमता भएका व्यक्तिको जीविकोपार्जनका लागि संस्थाले गरिरहेको लगानी महत्वपूर्ण भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button