तपाईँ सुन्दै हुनुहुन्छः

छायानाथ रारा नगरपालिकामा करेण्ट लागेर १० खच्चरको मृत्यु

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित  लुम्स  गाउँको  नजिक बिद्युत् पोल बाट करेन्ट लागेर आइतबार साँझ १० वटा खच्चरको मृत्यु भएको छ ।  हावाहुरीका कारण तारहरू एक आपसमा जुझ्दा बिद्युत् पोल हुँदै जमिन सम्म करेन्ट प्रवाह हुँदा  उक्त घटना भएको  नेपाल बिद्युत् प्राधिकरण गमगाड वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनु भयो ।

मृत्यु भएका खच्चरहरू  छायाँनाथ रारा नगरपालिका वडा नं. १ का कर्ण बहादुर मल्लका  ४ वटा, सोही नगरपालिका वडा नं १० का जग्गी बढुवाल र  पृथ्वीबहादुर ऐडीका ३, ३ वटा गरि  जम्मा  १० वटा खच्चडहरूको  करेन्ट लागेर घटना स्थलमै मृत्यु  भएको  बताइएको छ । 

खच्चड धनी कर्णबहादुर मल्लले  दिनु भएको  प्रारम्भिक   जानकारी अनुसार मुगुम कार्मारोङमा सामान ढुवानी गरेर फर्कँदै गर्दा  आज बेलुका  लुम्स गाउँ नजिक बाटोमा  खच्चडलाई  करेन्ट लागेको थियो  । आफु हरूलाई केही नभएपनि खच्चड बचाउन नसकिएको पनि मल्लले जानकारी  दिनु भयो ।

घटनाको जानकारी पाउनेबित्तिकै गमगढी वितरण केन्द्रबाट प्राविधिक टोली  तत्काल घटनास्थलतर्फ पठाइएको वितरण केन्द्रका प्रमुख साजन ऐडीले जानकारी दिनुभयो।

घट्नाबारे थप अनुसन्धानको लागी गमगढी बाट  नेपाल प्रहरीको टोली घटना स्थलमा पुगिसकेको बताइएको । हाल घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button