नारायणी रङ्गशालासहित पर्सामा निर्मित खेल मैदानका लागि १४ करोड बजेट
वीरगञ्ज । सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ मा वीरगन्जको नारायणी रङ्गशालासहित पर्साका विभिन्न ठुला रंगशाला तथा खेलमैदान निर्माणका लागि १४ करोड बजेट विनियोजन गरेको छ ।

पर्सा जिल्लाका विभिन्न खेलमैदानका लागि सरकारले बजेट छुट्टाएको बजेट पुस्तिकामा उल्लेख छ ।
वीरगन्जको नारायणी रंगशाला, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको हो ।
नारायणी रंगशाला स्तरोन्नतिका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हल निमार्णका लागी चार करोड तथा आर्दशनगर रंगशाला र बढनियार खेलकुद ग्राउण्ड निर्माणका लागि तीन करोड छुट्टाइएको छ ।
यस्तै जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ । उक्त मैदानका लागि तीन करोड बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया राख्नुहोस्