जङ्गली च्याउ खाँदा चेपाङ्ग परिवारका ६ जना बिरामी

चितवन । जङ्गली च्याउ खाँदा चितवनमा च्याउ खाँदा चेपांङ्ग परिवारका ६ जना बिरामी परेका छन् । राप्ती नगरपालिका वडा नं–११, कोरा कमा जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका हुन्।
राप्ती–११ बस्ने ३५ वर्षीया बुद्धिमाया प्रजा, ३० वर्षीया मतिमाया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीय अमृत प्रजा र २८ महिने शिशु सलिन प्रजा बिरामी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरूको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा आफन्त बालकुमार प्रजा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्