वर्षाले कोशी राजमार्ग अवरुद्ध
धनकुटा। शुक्रबार रातीदेखि धनकुटामा भएको भीषण वर्षाले कोशी राजमार्ग बगाएको छ ।
शुक्रबार राती परेको अविरल वर्षाले धनकुटाको साँगुरी गाउँपालिका वडा नं. ६ लेउती खोलाले फेदीमा रहेको कोशी राजमार्गको सडक झण्डै ५० मिटर बगाएको छ । बाढीले सो सडक बगाएसँगै कोशी राजमार्ग पूरै अवरुद्ध भएको छ ।

बाढीले सडक बगाएपछि यातायात बन्द भएको छ । बाढीले सडक बगाएपछि तराईबाट कोशी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम भोजपुर र सङ्खुवासभामा सडक सम्बन्ध विच्छेद भएको छ । सडक अवरुद्ध भएपछि कोशी पहाडी जिल्लाबाट तराइतिर हिँडेका र तराईबाट कोशी पहाड तिर हिँडेका सवारी बाटोमै अलपत्र परेका छन् ।
विशेषगरी शनिवार शिक्षक सेवा आयोग र लोक सवा आयोगको परीक्षा भएकाले परीक्षा दिनका लागि पहाडबाट तराई र तराईबाट धनकुटा पुग्नुपर्ने परिक्षार्थीलाई समस्या भएको छ । यात्रु र परीक्षार्थीलाई समस्या भएपछि सडकमा पैदल यात्रा गर्न सक्ने बनाइएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिनुभयो।
त्यसै गरि धनकुटा चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन तमोर करिडोर सडक खण्ड अन्तर्गत अविरल परेको बर्षाको कारण छरुवा खोलामा बाढी आउँदा सवारी साधन आवत जावत गर्न नसक्ने भएको धनकुटाका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्