तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरी काम गर्नुपर्नेमा जोड 

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्नुपर्नेमा संसदहरुले जोड दिनुभएको छ ।  

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा दुवै आयोगका पदाधिकारी र पूर्व पदाधिकारीहरूसँगको छलफलमा सांसदहरुले राजनीतिक र दलीय स्वार्थभन्दा माथि उठेर सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले पीडितले निवेदन दिन छुट्यो भनेर भन्नुपर्ने अवस्था नआओस् भन्ने गरी आयोगले काम शुरु गरिसकेको बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले आयोगलाई काम गर्न आवश्यक दक्ष जनशक्ति लगायतको व्यवस्था गरी पीडितलाई न्याय दिने काममा सहयोग गरिदिन समितिलाई आग्रह गर्नुभयो ।

यसैगरी बेपत्ता परिएका व्यक्तिको छानविन आयोगका पूर्व अध्यक्ष युवराज सुवेदी र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष गणेशदत्त भट्टले समयमा आवश्यक कानुन, स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरेर तोकिएकै समयमा काम सक्ने गरी अगाडी बढ्न दुवै आयोगलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button