पर्यटकको पर्खाइमा बाजुराको रानिसैन(फोटो फिचर)

बाजुरा। हिमाली गाउँपालिका अन्तर्गत पर्ने रानिसैन क्षेत्र धार्मिक, जैविक र प्राकृतिक विविधताले भरिएको भए पनि पूर्वाधारको अभाव र प्रचारप्रसारको कमीले पर्यटनको सम्भावना विस्तार हुन सकेको छैन।
हिउँले ढाकिएको हिमाल, स्वच्छ ताल, औषधीय जडिबुटी, चरन क्षेत्र र विभिन्न जातका फूलहरूले भरिएको यो क्षेत्र पर्यटकको पर्खाइमा छ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी गुरुयोजना निर्माण, पूर्वाधार विकास, संरक्षण क्षेत्रको घोषणा र प्रचारप्रसारमा ध्यान दिन सके रानिसैन सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ।
सामाजिक अभियन्ता हेमराज थापाले रानिसैनको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आर्थिक जीवनस्तरमा समेत सुधार आउने बताउनु हुन्छ।धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यो क्षेत्रको पर्यटन विकासका लागि योजना निर्माण भइरहेको हिमाली गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्