प्रतिनिधिसभा बैठक :समसामयिक र जनजिवीका लगायतका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक र जनजिवीका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसद रमा कोइरालाले खाना पकाउने ग्यासको सिलिन्डर एक कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साट्नुपर्दा जथाभाबी रकम लिने र आमनागरिकलाई दुख दिने गरेको भन्दै यसको नियमनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अमनलाल मोदीले हुलाकी राजमार्ग कटारी खण्डमा ठेक्का लागेर पनि काम हुन नसेको र सांसद र स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम हुन नसकेको बताउनुभयो ।
उहाँले सडक समयमा निर्माण हुन नसक्दा त्यस सडकबाट यात्रा गर्दा जोखिम मोल्नु परिरहेको र दुर्घटनाबाट मृत्युसमेत हुने गरेको भन्दै निर्माण व्यवसायी र सरकार दुवैले जिम्मेवार नबनेको बताउनुभयो ।
सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको तिलगाउँमा हिमताल फुटेर गाउँमा क्षति पुर्याएको र जोखिमयुक्त अवस्था रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो
सांसद लामाले हिमाल बचाउ अभियान हुम्लाबाट शुरु गर्न र यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन माग समेत गर्नुभयो ।
बैठकको शुन्य समयमा सांसदहरुले सडक र हवाई यातायातमा महँगो भाडा तिर्दा पनि आवश्यक पर्याप्त सुविधा दिन नसकेको भन्दै सडक तथा हवाई यातायातको ठगी रोक्न तत्काल काम गर्न माग गर्नुभयो ।
सांसदहरुले वर्षाको समय शुरुवात भइसकेकाले समयमा नै बाढी पहिरो डुबानको जोखिम र क्षति न्युनिकरणका लागि समयमा नै तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकारी सेवालाई सहज र प्रभावकारी बनाउन, सुशासन कायम गर्न, कृषि क्षेत्रमा रहेका किसानका समस्या समाधान गर्न, मिटरव्याज पीडितको समस्या समाधान गरी समयका न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकारी सेवा लई सहज र प्रभावकारी बनाउन, सुशासन कायम गर्न, कृषि क्षेत्रमा रहेका किसानका समस्या समाधान गर्न, मिटरव्याज पीडितको समस्या समाधान गरी समयका न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्