तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा

बीरगंज। पर्सा जिल्ला लाई मधेस प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । 

जिल्ला खोप समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गर्नुभएको हो । 

जिल्लाका १४ वटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो । 

प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरूले सबै खालका खोप पाएपछि जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको ठाकुरले बताउनुभयो । 

ठाकुरका अनुसार, पर्सा जिल्लाका १४ पालिकाका सबै १ सय १२ वटा वडामा गरिएको अनुगमनका क्रममा भेटिएका आंशिक रुपमा खोप पाएका (खोप लगाउन बीचमै छुटेका ) १ हजार ५१८ बालबालिका र खोप नै नपाएका (शुन्य डोजका) ७ जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको हो ।

यसअघि २०८१ जेठ ३ गते पर्सा जिल्लालाई ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो । ठाकुरका अनुसार, पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएपछि हरेक वर्ष नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाले लगाए÷नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गर्ने गरिन्छ । छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा(डोज) लगाएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रुपमा घोषणा गर्ने गरिन्छ ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रममा उत्कृष्ट काम गरेका जिल्लाका १४ वटै पालिकाका वडाहरूमा रहेका उत्कृष्ट भएका एक एक स्वास्थ्य संस्थाहरूलाई कदर पत्रसहित सम्मानित पनि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button