‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसद्मा प्रस्तुत’
काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसद्मा प्रस्तुत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गर्नुभएको हो ।
सरकारको सिफारिसमा यो विधेयक अध्यादेशका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २ गते जारी गर्नुभएको थियो ।
सरकारले जारी गरेका अन्य अध्यादेशसँगै यो अध्यादेश पनि सरकारले माघ १८ गते संघीय संसद् सचिवालयमा दर्ता गरेको थियो ।
ती अध्यादेशसँगै यो अध्यादेशलाई पनि अगाडि बढाउने विषयमा सत्तारुढ दलहरूबिच नै सहमति नभएपछि रोकिएको थियो । त्यसपछि सरकारले विधेयकलाई नियमित प्रक्रियाबाट अगाडि बढाउने बताएको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि यो विधेयक अगाडि बढाउने उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्