तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाहलाई विशेष महत्व दिएर काम गर्न जरुरी छ : पूर्व मन्त्री शर्मा 

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समग्र सेवा प्रवाहलाई विशेष महत्व दिएर काम गर्न कर्मचारी सङ्गठनहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै पूर्व सञ्चार मन्त्री शर्माले सङ्गठनलाई व्यापक र बिस्तार गर्दै जनताले रुचाउने गरी पृथक् ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व सञ्चार मन्त्री शर्माले आफू आबद्ध रहेको संस्थामा राम्रो कार्य सम्पादन गरेर उदाहरण प्रस्तुत गर्न पनि त्यस अवसरमा कर्मचारी सङ्गठनका नेताहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सहज सेवा प्रवाह र कर्मचारी हकहितका कुरालाई आफूहरूले विशेष महत्वका साथ अगाडी बढाउँदै आएकाे बताउनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलक जंग बुढाथोकीलगायतका वक्ताले सेवा प्रवाहमा राष्ट्र सेवकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँहरूले कर्मचारीलाई समय अनुकूल सेवा सुविधा र सम्मान राज्यका निकायहरूबाट हुनसक्ने हो भने त्यसले कार्यशैलीमा थप उत्साह ल्याउने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button